कतार एयरवेज कार्गोलाई नेपाल फ्राइट फोरवार्डर्स एसोसिएशन (एनईएफएफए)द्वारा सन् २०२० मा देशबाट सर्वाधिक निर्यात उठाए वापत अवार्ड हस्तान्तरण गरिएको छ।
जुलाई २९ मा एनईएफएफएद्वारा काठमाडौंमा आयोजित वार्षिक नेपाल कार्गो डे महोत्सवमा अवार्ड हस्तान्तरण गरिएको हो।
देशको निर्यात सहयोगका लागि उल्लेखनीय भूमिका खेल्ने उत्कृष्ट तीन क्यारियर्सलाई संघले सम्मान गर्दै हरेक वर्ष अवार्ड आयोजना गर्दै आइरहेको छ।
कतार एयरवेज कार्गोले एक दशकभन्दा लामो समयदेखि नेपालबाट सर्वाधिक अपलिफ्टका लागि पहिलो स्थान हात पार्दै आइरहेको छ।
कतार एयरवेज कार्गोका प्रमुख अधिकारी गुह्यूमो हेलियोक्सले नेपालबाट सर्वाधिक निर्यातका लागि यो अवार्ड पाउँदा निकै गौरवान्वित भएको बताए।
कम्पनीले सन् १९९७ देखि काठमाडौंमा आफ्नो उडान सञ्चालन गर्दै आइरहेको छ। एयरलायन्सको निर्यात बजार हिस्सा सन् २०२० मा नेपालबाट हुने समग्र निर्यातको ४५% र आयात ४४% रहेको छ।
दोहा केन्द्र मार्फत एयरलायन्सले नेपाललाई यूएसए, यूरोप, अष्ट्रेलिया र एसियामा रहेका महत्वपूर्ण निर्यात गणतव्यसँग जोडी रहेको छ।