नेपाल उद्योग वाणिज्य महासंघले इच्छुक स्टार्टअप उद्यमीहरुलाई लक्षित गरी ल्याएको ५० स्टार्टअप, ५० लगानीकर्ता कार्यक्रममा सहभागी हुनका लागि आवेदनको समय थपिएको छ।
गत बैशाख ४ गतेदेखि अनलाइन आवेदन खुला गरिएको थियो। उक्त कार्यक्रम महासंघको स्टार्टअप एण्ड इनोभेशन समितिको पहलमा ल्याइएको हो।
कोभिड महामारीका कारण बढी भन्दा बढी स्टार्टअप उद्यमीहरूलाई समेट्न नसकिएकाले मुलुकभरबाट धेरै स्टार्टअप उद्यमीहरूको सहभागिता गराउने महासंघको योजना छ। यसअघि आवेदन दिएकाले पुनः आवेदन दिनुपर्ने छैन।
कृषि, उत्पादनमुलक, सूचना प्रविधि लगायत सेवाका लागि आवेदन दिन सकिने महासंघले बताएको छ।
कार्यक्रममा मुलुकभरबाट स्टार्टअप उद्यमीहरूको सहभागिता बढाउन महासंघले सातैवटा प्रदेश चेप्टरहरूलाई आग्रह गरेको छ ।
सीप तथा ज्ञान भएका सशक्त समूहले आवेदन दिन सक्नेछन् ।
आवेदनका साथ कम्पनी दर्ता प्रमाणपत्रको प्रतिलिपि तथा कम्पनीको विधान/प्रबन्धपत्र, मेमोरेन्डम अफ एशोशिएसन, आर्टिकल अफ एशोशिएसन र सम्बन्धित अन्य रजिष्ट्रेशनहरू, प्यान/भ्याट दर्ता, कर चुक्ता प्रमाणपत्रहरू, कम्पनीको संचालक समितिको माइन्यूट, कम्पनीका प्रवद्र्धक/संस्थापकहरूको बायोडेटा आबश्यक पर्नेछ। अनलाइन आवेदन फारमका लागि यो लिंक क्लिक गर्न सकिन्छ।