एसबिआई बैंक र सिप्रदी ट्रेडिङ प्रालिबीच सम्झौता भएको छ।
ग्राहकहरुलाई टाटा गाडी खरिदमा बैंकले हायर पर्चेज कर्जा प्रदान गर्ने सम्झौता भएको हो।
उक्त सम्झौताबाट ग्राहकहरु लाभान्वित हुने विश्वास लिइएको छ।
बैंकले ८८ शाखा, १९ एक्स्टेन्सन काउन्टर, १२२ एटिएममार्फत सेवा दिँदै आएको छ।