डेनिस बियर ब्राण्ड टुबोर्गले टुबोर्ग ओपनको नयाँ प्रस्तुतीको लागि युवा पुस्तामाझ लोकप्रिय गायक सुशान्त केसीले विश्वव्यापी प्रचलित डिजे डेभिड गुएटासँग सहकार्य गर्ने घोषणा गरेको छ ।
उक्त अभियानअनुरुप केसीले डेभिड गुएटाको नयाँ ट्रयाक ‘गेट टुगेदर’ को अफिसियल रिमिक्स् रिलिज गर्नेछन्, जुन ट्रयाक गुएटाले विश्वका विभिन्न क्षेत्रहरुका कलाकारहरुलाई एकसाथ ल्याउनको लागि सिर्जना गरेका हुन्।
नेपालको कलाकारसँग सहकार्य गर्न पाउँदा उत्सुक हुँदै गुएटा भन्छन्, 'विश्वभरका विभिन्न कलाकारहरुसँग काम गर्ने सोच मलाई मनपर्छ । त्यसैले मलाई लाग्छ कि टुबोर्ग ओपन प्रोजेक्ट निकै राम्रो छ। मेरो सम्पूर्ण जीवन मैले कलाकार, डिजे, निर्माता र पपस्टारहरुसँग सहकार्य गरिरहेको छु, र म यो काम गर्न एकदम मन पराउँछु किनभने मलाई विश्वास छ कि संसारमा यति धेरै प्रकारका मानिसहरु छन् जो बाट हामी सबैले सिक्न सक्छौं।'
'हालसालै मेरो करियरमा म आफूलाई अझै बढी नयाँ कलाकारहरुसँग सहकार्य गर्न खोजी रहेको छु। म यो गर्न चाहन्छु किनकि मैले उनीहरुलाई केही कुराहरु सिकाउन सक्छ, तर सबैभन्दा महत्वपूर्ण कुरा त उनीहरुले मलाई सिकाउन सक्छन् किनकि उनीहरुको संसारको दृष्टिकोण फरक छ। यो संगीत वा शब्दमा हुन सक्छ तर हामी दुवैको प्रस्तुतीको संयोजनले केही नयाँ ताजा महसुस गराउने सिर्जना हुने आशा राख्छु।'
केसी नेपाली संगीत क्षेत्रको एक लोकप्रिय नाम हो। उनी आफ्नो मधुर र आत्मिय गीतहरुको लागि परिचित छन् । उनको आमा, मायामा, साथी जस्तै गीतहरु भावनात्मक र अर्थपूणको लागि प्रशंसित छ ।
विश्वको सबैभन्दा ठूला डिजेहरु मध्ये एकको साथमा काम गर्ने प्रोजेक्टको बारेमा बोल्दै, केसीले भने, ' मैले एक गायक–गीतकारको रुपमा सिर्जना गरेको सबै कुराहरु मेरो उत्कृटताबाट निस्केको छ । यस्ता उदाहरणहरु पनि छन् जब आफ्नो प्रयासहरुले छुटाउन नहुने अवसरहरु आमन्त्रित गर्दछ। मलाई यो प्रोजेक्ट निकै राम्रो लाग्छ र यसको हिस्सा हुने चाहना पहिले देखि नै थियो। अहिले भने साँच्चै त्यो समय आएको छ। म उक्त संगीतको कलाकारको जादुमा थप निखार ल्याउन चाहन्छु जसले हाम्रो राष्ट्रको प्रतिनिधित्व गर्दछ। म केही सुन्दर प्रस्तुति सिर्जना गर्न चाहन्छु।'
केसीको ‘गेट टुगेदर’ को नयाँ रिमिक्समा काम गरिरहेका छन् र त्यो सेप्टेम्बरको अन्तिम सम्ममा दर्शक माझ उपलब्ध हुनेछ।
डेभिड गुएटाले टुबोर्गसँगको सहकार्यमा लिरिक भिडियो पनि निर्माण गरेका छन् जुन् नेपालका दर्शकहरुले ए.आर्.मा अनुभव गर्न सक्छन्।
सबै दर्शकले टुबोर्गको फेसबुक पेजमा गई त्यँहा भएको लिंक प्रयोग गरी आफ्नो घरमै आरामले डेभिड गुएटाले ‘गेट टुगेदर’ बजाएको सुन्न सक्नेछन्।