एक्सपलोरर विङ्ग्सले ब्याम्बिनोस डट लाइभसँग सम्झौता गरेर नेपाली विद्यार्थीहरुलाई गुणस्तरीय व्यवहारिक शिक्षा प्रदान गर्न सुरु गरेको छ।
यसमा सार्वजनिक रुपमा वक्तृत्वकला, रचनात्मक लेखन, अबाकस, कला, संगीत, नैतिक शिक्षा, फिटनेस शिक्षा जस्ता विद्यार्थीहरूलाई लक्षित गरेर सयभन्दा बढी कोर्सहरु समावेश गरिएको छ।
ब्याम्बिनोस डट लाइभ सन् २०२० मा अतिरिक्त शिक्षाका लागि स्थापना गरिएको डिजिटल एकेडेमी हो। यो डिजिटल एकेडेमी ३ देखि १५ वर्ष सम्मको बालबालिकालाई केन्द्रित गरेर विकास गरिएको छ।
अहिले कोभिड–१९ को महामारीको कारणले बालबालकाहरु बीच खासै अन्तक्र्रिया नहुने हुँदा यो वैकल्पिक माध्यम प्रभावकारी हुने जनाइएको छ।
धेरैजसो राम्रो विद्यालयहरुले अतिरिक्त शिक्षामा ध्यान दिन थालेका छन् तर धेरै निजी तथा सार्वजनिक विद्यालयहरु यो पक्षमा अझै पनि कमजोर रहेको पाइएको छ। किताबी ज्ञानले मात्रै अहिलेको कठिन समयमा प्रतिस्पर्धा गर्न नसक्ने भएकाले व्यवहारिक ज्ञानको पाठ्यक्रम विकास गरिएको हो।
कम्पनीले सयभन्दा बढी प्रोग्रामहरु राखेको छ जसमा पाठ्यक्रमको शिक्षालाई सहयोग पुग्ने अतिरिक्त तर अत्यावश्यक विषयहरुलाई समेटेको छ।
यस प्लेटफर्मले विश्वकै राम्रो, गुणस्तरीय कन्टेन्ट र शिक्षकहरु उपलब्ध गराइरहेको छ।
इ–लर्निङको यस प्लाटफर्मले विद्यार्थीहरुलाई विषय विज्ञ व्यक्तिहरुबाट अध्ययनको मौका प्रदान गर्छ। विद्यालय तथा विद्यालय भन्दा बाहिर पनि राम्रो प्रस्तुति दिन मद्दत पुर्याउँछ।
यस डिजिटल एकेडेमीले ३ देखि १५ वर्ष सम्मको बालबालिकालाई स्कुल पछिको क्रियाकलाप जस्तै ट्युसन, अतिरिक्त क्रियाकलाप, आफ्नो रुचीहरु पुरा गर्नलाई अझै सघाउने बताइएको छ।
डिजिटल एकेडेमीमा विद्यार्थीहरु लाइभमानै साथी र शिक्षकसँग अन्तक्र्रिया गर्न सक्दछन् जसले पठनपाठनलाई अझै सहज बनाउने गर्दछ।
त्योसँगै कम्पनीले १० भन्दा बढी देशहरुमा सेवा दिदैँ आएको हुँदा प्रयोगकर्ताहरुले विभिन्न देशका साथीहरुसँग अन्तक्र्रिया गर्न पाउँनेछन्।
यो प्लेटफर्ममा जोडिन ब्याम्बिनोसमा गएर अकाउन्ट बनाउनुपर्ने हुन्छ।