ग्लोबल आइएमई बैंकले कुशे औंसी तथा हरितालिका तीजका अवसरमा विशेष 'क्यास ब्याक' योजना ल्याएको छ।
मोबाइल बैंकिङ्ग एप्लिकेशन, क्यूआर पेमेन्ट, डेबिट तथा क्रेडिट कार्डको प्रयोगलाई बढाउन क्यास ब्याक योजना ल्याएको हो।
उक्त योजनाअन्तर्गत ग्राहकले भाद्र २१ तथा कुशे औँशीका दिन (२२ गते) बुबाका लागि उपहार खरिदमा २० प्रतिशतसम्म क्यास ब्याक पाउने छन्। जसका लागि 'गिफ्ट टू फादर' लेखि क्युआर कोर्डमार्फत भुक्तानी गर्नुपर्नेछ।
त्यस्तै भदौ २३ गते फुडमान्डुबाट खानेकुरा अर्डर गर्दा ग्लोबल आइएमई बैंकको डेबिट÷ क्रेडिट कार्डको प्रयोग गरी अनलाईन भुक्तानी गर्दा खरिदको २० प्रतिशत(५००) सम्म क्यास ब्याक पाउने बैंकले जानकारी दिएको छ।
योजनालाई तीज विशेष बनाउन बैंकले महिलाहरुलाई ग्राह्यता दिने भएको हो। बैंकमा नारी बचत तथा नारी शक्रि बचत खाता रहेका महिलालाई डेबिट कार्डको प्रयोग गरी तीन हजार वा सोभन्दा बढीको भुक्तानीमा तीन सयसम्म क्यास ब्याक हुनेछ। योजना भदौ १६ देखि ३१ गतेसम्म चल्ने बैंकले जनाएको छ।
ग्लोबल आइएमई बैंक ७६ जिल्लामा फैलिएको छ। यसका २८० शाखा, २४८ एटिएम छन्।