ललितपुर स्थित एआइटिएम कलेजले बर्मिङ्हम सिटी युनिभर्सिटीको कार्यक्रमहरु उद्घाटन गरेको छ।
कलेज परिसरमा नेपालका लागि बेलायती राजदूत निकोला पोल्लिट्ट र ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनको उपस्थितिमा कार्यक्रम उद्घाटन भएको हो।
एसियन इन्स्टिट्युट अफ टेक्नोलोगी एण्ड मेनेजमेनन्ट (एआइटिएम) एक निजी शैक्षिक संस्थाको रुपमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका व्यवस्थापन संकायको स्नातक तह अध्यापन गराउँदै आएको छ।
एआइटिएम कलेजले यसअघी स्विट्जर्ल्याण्डको प्रसिद्ध आईएमआई विश्वबिद्यालयसँग सहकार्य गरिसकेको छ। कलेजले विभिन्न प्रतिष्ठित संस्थाहरुसँग साझेदारी गर्दै विदेशबाट पनि विद्यार्थीहरुलाई आकर्षित गरिरहेको छ।
नेपालका लागि बेलायती राजादूत निकोला पोल्लिट्टले कार्यक्रम उद्घाटन गर्दै एआइटिएम कलेज र बर्मिङ्हम सिटी युनिभर्सिटी बिचको यस साझेदारी अटुट होस् भन्दै शुभकामना दिइन।
विशेष अतिथीका रुपमा रहेका ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले एआइटिएम कलेजमार्फत नयाँ युगको सुरुवात भएको बताए।
सिइओ रोशन राठीले कलेजले सधैं उच्च गुणस्तरको अन्तराष्ट्रिय शिक्षा प्रदान गरेको र आउँदो दिनमा बर्मिङ्हम सिटी युनिभर्सिटीमार्फत नेपाल बाहिरबाट पनि विद्यार्थीलाई आकर्षित गर्ने बताए।