नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलास चन्द एण्ड कम्पनीले बाह्रबिसे सिन्धुपाल्चोकमा नयाँ सोरुम सञ्चालनमा ल्याएको छ।
बुधबार सिन्धु अटो कन्सर्न प्राइभेट लिमिटेडको उद्घाटन गरेको हो।
बजाजले सेल्स, सर्भिस र स्पेयर्स पार्टस देशभर उपलब्ध गराउने उद्देश्यले सोरुम विस्तार गरेको जानकारी दिएको छ।
साथै ग्राहकहरुले खरिद गरेको सामाग्रीको महत्व प्रदान गर्न प्रतिबद्ध रहेको जनाएको छ।
नयाँशोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर्स पार्टस्तथा एसेसरिज खरिदकालागि सहज बनाउने विश्वास लिइएको छ।