आर्थिक पत्रकारको छाता सङ्गठन आर्थिक पत्रकार समाज (सेजन) को नयाँ नेतृत्वका लागि आकाङ्क्षी पत्रकार चुनावी प्रतिस्पर्धामा दौडधूप गरिरहेका छन् ।
सेजनको शुक्रबार हुने २२ औँ वार्षिक साधारणसभा एवं कार्यसमिति चयनका लागि हुने अधिवेशनमा नेतृत्वका लागि आकाङ्क्षीले बिहिबार उम्मेदवारी मनोनयन गराएका छन्। सेजनको अध्यक्षमा आशिष ज्ञवाली, जनार्दन बराल र शिरोमणि ढुङ्गानाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।
उपाध्यक्षमा कृष्ण रिजाल र सुजन ओलीले प्रतिस्पर्धा गर्दै हुनुहुन्छ भने महासचिवमा भागवत भट्टराई र विनय बञ्जराले उम्मेदवारी दिएका छन्।
सचिवमा एलिजा उप्रेती, हिमा विक र हिमाल पौडेलले उम्मेदवारी परेको छ । कोषाध्यक्षमा कमला अर्याल, लक्ष्मी सापकोटा र सुजन ढुङ्गानाको उम्मेदवारी परेको छ।
त्यसैगरी कार्यसमिति सदस्यमा चेतबहादुर अधिकारी (सिबी), अच्युत पुरी, अमर बडुवाल, इशारा कोइराला, शङ्करप्रसाद पण्डित र सोभित थपलियाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ।
वरिष्ठ पत्रकार डा सुरेश आचार्य मुख्य निर्वाचन अधिकृत, सदस्यमा नेपाल पत्रकार महासङ्घका महासचिव रोशन पुरी र अधिवक्ता बाबुराम अर्याल छन्।
शुक्रबार ११ बजेपछि इन्द्रेणी फुडल्याण्ड नयाँ बानेश्वरमा निर्वाचन हुने सेजनका अध्यक्ष भीम गौतमले जानकारी दिए। सेजनमा २६८ जना साधारण सदस्य छन्।