नजिकिँदै गरेको चाडवाडलाई मध्यनजर गर्दै ईकमर्स कम्पनी ग्यापुले चाडवाड अफर ल्याएको छ।
हिन्दु महिलाहरूको महान चाड तीजको अवसरमा विभन्न सामान ग्यापुमार्फत् खरिद गरेमा ग्राहकले ग्यापुबाट छुट र क्यासब्याक अफर पाउन सक्छन्।
ग्राहकले हिमालय बैंकबाट सामान खरिद गर्दा ५०० रूपैयाँसम्ममा १५ प्रतिशत छुट पाउनेछन्। यो छुट भदौ २२ गतेदेखि २४ गतेसम्म लागु हुनेछ।
त्यस्तै, माछापुच्छ्रे बैंकबाट पैसा तिर्दा ५०० रूपैयाँसम्ममा १० प्रतिशत छुट पाउनेछन्। भदौ २० गतेदेखि यो छुट २६ गतेसम्म लागू हुनेछ।
यसैगरी, सनराइज बैंकबाट सामान खरिद गरेमा ग्राहकले ३०० रूपैयाँसम्ममा २० प्रतिशत क्यासब्याक पाउनेछन्। यो छुट भने भदौ २५ गतेसम्म लागु हुनेछ ग्यापुको अपरेसन हेड सुरजनी केसीले बताइन्।
फोनपेमार्फत भुक्तानी गर्दा २ सयको भौचर, एनआइसी एसियाको कार्डमार्फत भुक्तानी गर्दा २ सयको भौचर र ई-सेवाबाट भुक्तानी गर्दा २ सयको भौचर प्राप्त गर्न सकिनेछ।
साथै, खल्तीमार्फत भुक्तानी गर्दा १० जनाले २ सयको टप अप प्राप्त गरिने बताइएको छ।
विदेशमा रहेका ग्राहकले पनि ग्यापुमार्फत् नेपालमा भएका आफ्नो आफन्तलाई सप्राइज दिनको लागि उपहार अर्डर गर्न सक्नेछन् र ग्यापुले डेलिभरी गर्नेछ।
गुलियो खान मन पराउनेले विभिन्न फ्लेभरको केक, स्वास्थ्यको एकदम ख्याल गर्ने बुवाको लागि स्मार्ट-वाच र विभिन्न परिकार बनाएर खान मन पराउने बुवाको लागि इलेक्ट्रिक फायर ग्यापुको बुवाको मुख हेर्ने दिनको विशेष उपहारको सूचीमा रहेको छ।
त्यस्तै, अन्य उपहारमा लेदरको वालेट, ग्रुमिङ किट, हेडफोन, विभिन्न विधाका किताबहरू र विभिन्न ब्रान्डका लिक्वेरहरू रहेका छन्। यीमध्ये कुनै पनि उपहार ग्यापुको पेमेन्ट पार्टनर बैंकहरूबाट खरिद गरेको खण्डमा माथि उल्लेखित छुटहरू उपलब्ध हुनेछ।