पछिल्लो समय फरक-फरक शैलीका पिङ बनाएर आन्तरिक पर्यटक आकर्षित गर्ने होड नै चलेको छ।
द क्लिफ रिसोर्ट बाग्लुङमा बनेको नेपालकै पहिलो गुलेली पिङले निकै चर्चा बटुल्यो। क्लिफकै प्राविधिक सहयोगमा गुलेली पिङ काठमाडौं गैरीधारास्थित भोजघरमा बनाइएको छ।
जमिनबाट २५ फिट अग्लो बनाइएको पिङमा खेल्ने मान्छे बसेपछि पछाडिबाट मेसिनले तानेर हुत्त छोडिन्छ अनि पिङ मचिन्छ। भोजघरका विभिन्न प्याकेज अफरमा पिङ नि:शुल्क राखिएको छ।
पिङ निर्माण र सञ्चालनमा सुरक्षा सावधानीको उच्च सतर्कता अपनाइने भोजघरका प्रबन्धक मोहन बस्नेतले जानकारी दिए।
चट्टान आरोहणलगायत साहसिक खेलमा प्रयोग हुने उच्च गुणस्तरको डोरीको प्रयोग गरिएको र दक्ष प्राविधिकबाट डिजाइन गरी निर्माण गरिएको बस्नेत बताउँछन्।
पिङ सञ्चालनमा ल्याएको भोजघर २ वर्षदेखि काठमाडौं गैरीधारामा कटिया, नेवारी, टिपिकल नेपाली र कन्टिनेन्टल खाना सेवा गर्दै आएको रेस्टुरेन्ट हो।
१ सय ४० वर्ष पुरानो घरमा बाँकी संरचना थपेर बनाइएको रेस्टुरेन्टमा स्टिम बिबिक्यु विशेष आकर्षण रहेको छ। २ सय क्षमताको हल समेत भएको रेस्टुरेन्टमा बर्थडे मनाउँदा केक नि:शुल्क उपलब्ध हुन्छ।
दोस्रो लकडाउनपछि नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको रेस्टुरेन्टमा लाइभ किचेन, बिदा लक्षित साँस्कृतिक कार्यक्रम र कृषक बजार सञ्चालनको तयारी रहेको बस्नेतले जानकारी दिए।