बेगेका जर्मनीको सहयोग तथा गुड शेपर्ड इन्टरनेशलन फाउण्डेसन इटालीको समन्वयमा शुभअवसर ग्राम नेपालले स्वास्थ्य सेवा विभागलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ।
बुधवार ग्राम नेपालकी अध्यक्ष सानु अमात्य, समाज कल्याण परिषद्की निर्देशक भगवती संग्रौला र गुड सेपर्ड इन्टरनेशलन फाउण्डेसनकी राष्ट्रिय निर्देशक सिस्टर टस्किला निकोलसले विभागका व्यवस्थापनमाहाशाखा प्रमुख उपेन्द्र ढुंगानालाई सामग्री हस्तान्तरण गरेका हुन्।
२५ थानअक्सिजन कन्सन्ट्रेटर, तीनहजार दुई सय फेस माक्स र ८० वटा नेजल अक्सिजन क्यानुला हस्तान्तरण गरिएको हो।
उक्त सामग्री कन्चनपुर, बाके, गुल्मी, रुपन्देही, धादिङ, बाग्लुङ, तनहुँ, स्याङ्जा र कास्की गरी नौ जिल्लाका १६ सरकारी अस्पतालहरुलाई उपलब्ध गराईने छ।