उपभोक्ताको परिवर्तित रुचीलाई ध्यानमा राखेर मेरिकोले 'प्यारासुट नेचुरल' स्याम्पू बजारमा उपलब्ध गराएको छ।
यसको मूल्य नेपाली बजारमा ३४० मिलिलिटरको ३ सय रुपैयाँ तोकिएको छ।
स्याम्पुमा भएको एलोभेरा गुणले कपाललाई सिल्की बनाउन मद्दत गर्छ। साथै एन्टी हेयरफल उत्पादनमा हिनाको गुण भएकाले कपाललाई बाक्लो बनाउन सहयोग गर्छ।
मेरिको लिमिटेड एक उदयमान बहुराष्ट्रिय कम्पनी हो, जसले स्वास्थ्य, सौन्दर्य र सुस्वास्थ्यको क्षेत्रमा काम गरिरहेको छ।