नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघद्वारा नवनिर्वाचित आइक्यान पार्सदहरुलाई एक कार्यक्रमबीच सम्मान गरेको छ।
सम्मान कार्यक्रममा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघका पूर्व अध्यक्ष, नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका पुर्व अध्यक्ष, नेपाल अडिटर एसोसियसनका अध्यक्ष, लेखामान बोर्डका अध्यक्ष, लेखापरीक्षक बोर्डका अध्यक्ष, पार्सद, नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघका कार्यसमिति सदस्य, नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघका सदस्य, नेपाल अडिटर एसोसियसन सदस्य लगायत चार्टर्ड एकाउन्टेन्टेस् क्षेत्र सम्बद्ध व्याक्तिहरुको उपस्थीति थियो।
नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाका नवनिर्वाचित पार्सदहरुलाई तथा संविधान दिवस २०७८ को अवसरमा राष्ट्रपतिबाट विभूषण प्राप्त गर्ने संघका सदस्यहरुलाई नेपाल चार्टर्ड एकाउन्टेन्ट संघका अध्यक्ष आनन्दराज शर्मा वाग्लेले सम्मान पत्र तथा खादा ओढाएर सम्मान गरेका हुन्।
सम्मान कार्यक्रममा बोल्दै नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका नवनिर्वाचित अध्यक्ष युद्धराज ओलिले चार्टर्ड एकाउन्टेन्ट्स बिचको सहकार्यले समग्र पेशाको स्थायित्व कायम गर्न सहयोग गर्ने विचार राखे।
कार्यक्रममा नेपाल सरकारको प्रबल जनसेवाश्री पदक द्धारा विभूषित भएका नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ तथा संस्थाका पूर्व अध्यक्ष नारायण बजाज, नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघका आजिवन सदस्य तथा राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रि कुमार गुरागाईंलाई सम्मान गरीएको थियो।