सानिमा बैंकका ग्राहकहरुले सस्तो डिलमा सामान खरिद गर्दा विशेष छुट पाउने भएका छन्।
बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी भुक्तानी गर्दा २५ प्रतिशत वा अधिकतम् दुई हजार पाँच सयसम्म छुट पाउनेछन्।
योजना अवधिभर सहभागी हुने ग्राहकहरुलाई फस्ट कम फस्ट सर्भिसका आधारमा छुट प्रदान गरिने बताइएको छ।
यो योजना १० आश्विनदेखि १५ आश्विनसम्म लागू हुनेछ ।
बैंकका देशभर १०५ वटा कार्यालय तथा ९६ वटा एटिएम संचालनमा रहेका छन्।