मध्य बानेश्वरस्थित केएफए बिजनेस स्कुलले एक समारोहबीच 'बिसीएस आईटि' नामक नयाँ कार्यक्रम घोषणा गरेको छ।
शिक्षा क्षेत्रमा २१ वर्ष देखिको अनुभव रहेको केएफएले विश्वजगतमा आईटिको महत्व बढेसँगै आफ्नो नयाँ आयाम थपेको हो।
'भिजन बियोंड द बक्स' भन्ने नारालाई आत्मसाथ गर्दै शिक्षा, तालिम र परामर्शमा आफूलाई अब्बल साबित गरेको केएफएले शैक्षिक क्षेत्र अन्तर्गत एमबिए प्लस र बिएचएम कार्यक्रम सञ्चालन गरिरहेको छ।
यस संस्थाले लिंकन बिश्वबिद्यालय अन्तर्गत ९ स्तम्भ सहितको नयाँ बिसीएस आईटी कार्यक्रम नेपालमै पहिलो पटक ल्याएको बताएको छ।
नेटवर्किङ साथै साइबर सेक्युरिटीलाई मुख्य केन्द्रबिन्दु बनाएको उक्त कार्यक्रम ३ वर्षको हुनेछ।
संस्थाले प्लस २ परीक्षा दिएर बसेका विद्यार्थीहरुका लागि यस बिषयको माग र सम्भाव्यता सम्बन्धि जानकारी दिन नि: शुल्क सेमिनार आयोजना गर्ने घोषणा समेत गरेको छ। सेमिनारको रजिष्ट्रेसन भने खुला भई सकेको छ।