प्रतिस्थापन बजेट कार्यान्वयनका विषयमा मन्त्रालयका सचिवहरुबीच छलफल भएको छ।
सोमवार अर्थमन्त्रालयमा आयोजित बैठकमा प्रतिस्थापन बजेटमा राखिएका नयाँ तथा अघिल्लो बजेटका निरन्तर आयोजनाहरुको प्रभावकारी कार्यान्वयन बारे।
आयोजना कार्यान्वयन गरी पूँजीगत खर्च बढाउन मासिक कार्य प्रतिशत निर्धारण गर्ने तथा कार्यविधि गर्ने लगायत विषयमाथि निर्णय भयो।
अर्थमन्त्री जनार्दन शर्माले आ–आफ्नो जिम्मामा परेका कामहरुको सूची तयार गरी मासिक कार्य प्रतिशतका आधारमा तत्काल कार्यान्वयन कार्ययोजना बनाउन सचिवहरुलाई निर्देशन दिए।
बजेट कार्यान्वयन र पुँजीगत खर्चका सम्बन्धमा अर्थमन्त्रायबाट सम्पादन हुने कार्यहरुमा कुनै ढिलाई नहुने प्रतिवद्धता समेत उनले व्यक्त गरे।
मन्त्री शर्माले कार्यविधि निर्माण सम्बन्धी पुराना फाइलहरु ७ दिनभित्र र अब प्राप्त हुने नयाँ फाईलहरु ३ दिनभित्र टुंगो लगाउने गरी तीब्र गतिमा काम गर्न निर्देशन दिए।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलले प्रतिस्थापन बजेटले निर्धारण गरेको ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष हासिल गर्न सबै मन्त्रालयहरुलाई मेहनतको आवश्यकता औँल्याए।
अर्थसचिव मधु कुमार मरासिनीले प्रतिस्थापन बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन मासिक कार्ययोजना बनाएर तत्काल काम थाल्नुपर्ने जोड दिए।