नेपाली ई-कमर्स कम्पनी ग्यापुले सञ्चालन गरेको 'ग्यापु टिकटक हिरोज' को टाइटल उपाधी बिपिन श्रेष्ठले प्राप्त गरेका छन्। प्रतियोगितामा शङ्कर खनाल दोस्रो र बिष्णु पाण्डे तेस्रो भएका छन्।
प्रतियोगितामा विजेताले एक लाख रूपैयाँ नगद, दोस्रो र तेस्रो हुने सहभागीले क्रमशः ५१ हजार र २६ हजार रूपैयाँ प्राप्त गरेका छन्।
त्यस्तै, उत्कृष्ट ५० भित्र पर्न सफल सहभागीहरूले भने विभिन्न गिफ्ट ह्याम्परहरू प्राप्त गरेको ग्यापुका अपरेसन हेड सुरजनी केसीले बताइन्।
सहभागीहरूले आफ्नो प्रतिभा प्रस्तुत गर्दै यस अवसरमा धेरै राम्रा भिडिओ बनाएका थिए।
सबै जनाले आ-आफ्नै हिसाबको भिडिओ बनाउने छुट दिइएको थियो। कार्यक्रममा करिब ५ हजार ६ सयले आफ्नो भिडिओमार्फत् आवेदन दर्ता गरेका थिए।
ग्यापुको आधिकारिक टिकटक अकाउन्ट पोस्ट भएकामध्ये जसको भिडिओमा सबभन्दा धेरै लाइक र भ्यू भएको भिडिओ अनुसार उत्कृष्ट छनोट गरेको बताइएको छ।
यो कार्यक्रमको सफलतासँगै अर्को वर्ष कार्यक्रमको दोस्रो सिजन आयोजना हुने ग्यापुका विजनेस डेभलपमेन्ट हेड अभिमन्यु शर्माले बताए।