कुमारी बैंक र काभ्रेको धुलिखेलमा रहेको होटल सारथीबीच ग्राहकहरुलाई सहुलियत दिन सम्झौता भएको छ।
योसँगै अब कुमारी बैंकका डेबिट÷क्रेडिट कार्डवाहकहरुलाई उक्त होटलमा १० देखि १५ प्रतिशतसम्म आकर्षक छुट पाउनेछन्।
उक्त होटल सेवाग्राहीका लागि निकै आरामदायी रहने विश्वास लिइएको छ।
सम्झौता पत्रमा बैंकको बनेपा शाखा प्रबन्धक नवीना बैद्य र होटेलका प्रबन्ध निर्देशक प्रल्हाद प्याकुरेलले हस्ताक्षर गरे।
बैंकले १९६ शाखा, १६५ एटिएम, ३२ शाखारहित बैंकिङ इकाइ तथा १३ एक्सटेनसन काउन्टरमार्फत सेवा दिँदै आएको छ।