ललितपुरको कुपण्डोलमा रहेको विध ल्याबले दशैं, तिहार तथा छठपर्वको उपलक्ष्यमा ४० प्रतिशतसम्म छुटको दिने भएको छ।
चाडपर्व नजिकिँदै गर्दा ल्याबले सो छुटको व्यवस्था रहेको जानकारी गराएको हो।
सरकारबाट ‘ए’ ग्रेडको मान्यता पाइसकेको उक्त ल्याबले यसअघि पनि विभिन्न छुटसहितको व्यवस्था गर्दै आएको थियो।
ल्याबका अनुसार यो व्यवस्था कार्तिक २५ गतेसम्मका लागि मात्र लागु हुनेछ।
कोभिड–१९(आरटी पिसिआर) र एन्टिबडी परीक्षणमा भने लागू नहुने ल्याबले जानकारी दिएको छ।
जहाँ कोभिड–१९ परीक्षण, एन्टिबडी परीक्षण तथा अन्य सम्पूर्ण प्रकारका ल्याब परीक्षण हुँदै आएको छ।
ल्याबले स्थापनाकालदेखि नै सरकारलाई सहयोग गर्दै आएको बताएको छ।
कोरोना भाइरस (आरटी पीसीआर) परीक्षणको शुल्क घटाउने बेलामा पनि ल्याबले महत्वपूर्ण भूमिका खेलेको जानकारी दिएको छ।
त्यस्तै ल्याबले ललितपुर महानगरपालिका सहित अन्य अस्पतालहरुलाई अक्सिजन सिलिन्डर सहयोग गरेको थियो।