दसैं-तिहारलाई लक्षित गरी ई-फार्मले खसी मेला सुरू गरेको छ।
ललितपुर धापाखेलमा चलिरहेको खसी मेलामा उपभोक्ता आफैंले रोजेर खसी, कुखुरा र हाँस किन्न सकिने बताइएको छ।
साथै, ई-फार्मको भाइबर, इन्स्टाग्राम, फेसबुकलगायत सामाजिक सञ्जालमा भिडिओ कल गरेर खसी छनोट गरी अर्डर गर्न सकिनेछ।
उपभोक्ताले बिहान ५ बजेदेखि राति १२ बजेसम्म जुनसुकै समयमा फोन गरेर खसी तथा कुखुरा अर्डर गर्न सक्नेछन्।
असोज २५ गतेदेखि सुरू भएको खसी मेला कात्तिक ९ गतेसम्म हुनेछ।
ई-फार्मको बालुवाटारस्थित स्टोरबाट समेत मासुको बिक्री सुरू गरिएको बताइएको छ।
उपभोक्ताको मागअनुसार खसी जिउँदै र काटेर सफा गरेर डेलिभरी गर्ने ई-फार्मले जनाएको छ।
ई-फार्मको वेबसाइट (www.efarm.live) बाट वा ९८०१८५५५०५, ९८५२०५५९७९ मा फोन गरेर पनि अर्डर गर्न सकिन्छ।
ई-फार्मले केही साताअघि देखि नै अनलाइनबाटै प्रि-बुकिङ सुरू गरेको थियो।
त्यस्तै, जिउँदो खसी र सिंगै खसी लैजान नसक्ने उपभोक्ताले ३ केजीभन्दा बढी अर्डर दिए घरमै डेलिभरी गरिने बताइएको छ।
धनकुटा, बैतडी, उदयपुर, सल्यान लगायतका पहाडी जिल्लाबाट ल्याएको खसी, नुवाकोटको कुखुरा ई-फार्ममा पाइने छन्।
करिब ११ रोपनी जग्गामा ई-फार्मको आफ्नै खसी फार्मसँगै खसी काट्ने, सफा गर्ने, मासु काट्ने ठाउँ पनि छुट्टै छ।
दुई वर्षअगाडि खसी र च्यांग्रा बिक्री गर्दै ई-फार्म सुरू भएको थियो। त्यसपछि अन्य कृषि उत्पादनहरूलाई थप्दै ई-फार्मको सेवा विस्तार भैरहेको छ।