पोखराको फिटनेस सेन्टर 'बब्स जिम' तेस्रो वर्षमा प्रवेश गरेको छ।
प्रतिमहिना ५ हजार शुल्क रहेको बब्स जिममा वार्षिक उत्सवको अवसरमा एक हप्ताभित्र बुकिङ गर्ने वार्षिक ग्राहकलाई ५० प्रतिशत छुट उपलब्ध गराइएको बब्स जिमका अध्यक्ष बैभव पौडेलले जानकारी दिए।
जिम कार्डियो, साउना, स्टिम, स्पा, क्रस सिट उपलब्ध जिममा दैनिक करिब ५० जनाले सेवा लिने गरेको पौडेलले बताए।
बिहान साढे ५ देखि बेलुका ८ बजेसम्म सञ्चालन हुने जिममा कोरोना कहरअघि दैनिक करिब सय जनाले सेवा लिने गरेको पौडेल बताउँछन् ।
बब्स जिमका सञ्चालक समेत रहेका जिम प्रशिक्षक केशव उदास र पावर लिफ्टिङ नेसनल च्याम्पियन ज्योति थापाले जिममा प्रशिक्षण दिँदै आएका छन्। उदास मिस्टर माछापुच्छ्रेलगायत विभिन्न प्रतिस्पर्धाका विजेता हुन्।
सेलिब्रेटीहरूको समेत उत्कृष्ट रोजाइ रहेको जिममा घुमघाम तथा सुटिङको शिलशिलामा पोखरा आइपुगेका सेलिब्रेटी समेतले सेवा लिएका छन्। कलाकारहरू राजेश हमाल, रमेश उप्रेति, प्रशान्त तामाङ, सन्दीप क्षेत्रीको पोखरा भ्रमणको जिम गन्तव्य बब्स जिम बन्ने गरेको छ।