नेपाल उद्योग वाणिज्य महासंघले विद्युत महशुुल दर घटाउने तथा डिमाण्ड शुल्क नबढाउने सम्बन्धमा विद्युत नियमन आयोगले गरेको निर्णयको स्वागत गरेको छ।
कोभिडको संकटमा रहेको उद्योग व्यवसायलाई यसले थप राहत पुुग्ने महासंघको विश्वास छ।
विद्युत डिमाण्ड शुल्क बृद्धि नगर्न महासंघले पटक पटक अनुरोध गर्दै आएको उल्लेख छ।
यस सम्बन्धमा गएको असोज १२ गतेमात्रै उर्जा मन्त्रीलाई सुुझाव दिइएको महासंघले जानकारी दिएको छ।
‘महासंघको सुुझाव अनुसारनै डिमाण्ड शुल्क वृद्धि नगर्ने निर्णयबाट निजी क्षेत्र उत्साहित भएको छ,’ महासंघ द्वारा जारी विज्ञप्तीमा भनिएको छ।
यो निर्णयबाट आर्थिक गतिविधि विस्तारमा केहीमात्रा भएपनि सहयोग पुग्ने महासंघको विश्वास छ।
विद्युत खपत बढाउन औद्योगिक ग्राहकका लागि महशुुल अझ सस्तो हुुनुुपर्ने महासंघको भनाई छ।
यसले प्रतिस्पर्धी बजार सिर्जना र व्यापार घाटा न्यूनिकरणमा समेत सहयोग उल्लेख छ।