काठमाण्डौं महानगरपालिकाले जनताले तिर्नुपर्ने आफ्नो सबै कर भुक्तानी कनेक्ट आइपिएसमार्फत बैंक खाताबाटै हुने सुविधाको थालनी गरेको छ।
स्थानीय सरकारको कर भुक्तानी समेत अनलाइनबाटै गराउने गरी काठमाण्डौं महानगरपालिकालाई कनेक्टआइपिएसमा नबिल बैंकमार्फत आबद्ध गराइएको हो।
यस सुविधासँगै करदाताले महानगरपालिकामा बुझाउनुपर्ने सम्पत्ति कर, मालपोत (भूमिकर), व्यवसाय कर, बहाल कर, लगायतका सम्पूर्ण कर, दस्तुर तथा सेवा शुल्कहरु घरमै बसेर दाखिला गरी प्रारम्भिक मूल्याङ्कन गरी अनलाइन भुक्तानीको लागि कनेक्टआइपिएस इ–पेमेन्टमार्फत् भुक्तानी गर्न सक्नेछन्।
यससँगै कर तिर्न करदाताले कार्यालयमा गएर लामो समयसम्म लाइनमा बस्नुपर्ने अवस्था अन्त्य हुने भएकोले करदातालाई यस सुविधाले सहज हुने विश्वास गरिएको छ ।
महानगरपालिकाको राजस्व प्रणालीमा करदाताले आफुलाई पायक पर्ने वडा कार्यालय गई एक पटक आफ्नो मोवाईल नम्बर र इमेल ठेगाना आवद्ध गराउनु पर्ने हुन्छ।
यसपछि करदाताले http://https://eservice.kathmandu.gov.np/ मा गई आप्mनो युजर र पासवर्ड प्राप्त गरेर सोझै विवरण दाखिला गरी रकम भुक्तानीको लागी आफ्नो बैंक खाताबाट कनेक्टआइपिएस मार्फत सजिलै कर तथा राजस्व तिन सक्छन्।