नजिकिएको पर्व तिहार र छठको विशेष अवसरमा ग्यापुले आफ्ना ग्राहकहरूको लागि विभिन्न अफर ल्याएको छ।
यो तिहारमा ग्यापुबाट सामान खरिद गर्दा ८० प्रतिशतसम्मको छुटदेखि अप्रिलियाको स्कुटर जित्ने मौकासम्मको अफर घोषणा गरेको छ।
ग्यापु अनलाइन सपिङबाट सामान खरिद गर्दा ग्राहकले छुटसँगै विभिन्न क्यासब्याक अफर प्राप्त गर्न सक्छन्।
ग्यापुबाट सामान खरिद गरेर एनसिसी बैंकको कार्ड वा स्मार्ट कार्डबाट भुक्तानी गर्दा ५०० रुपैयाँसम्मको २० प्रतिशत छुट प्राप्त गर्न सकिन्छ भने खल्ती डिजिटल वालेटबाट भुक्तानी गर्दा २०० रुपैयाँसम्मको १० प्रतिशत छुट प्राप्त गर्न सकिन्छ।
त्यसैगरी फोनपेबाट भुक्तानी गर्दा ‘फोनपे २००’ भौचर कोड प्रयोग गर्दा २०० रुपैयाँसम्मको छुट पाउन सकिन्छ।
माछापुच्छ्रे बैंकबाट भुक्तानी गर्दा ५०० रुपैयाँ सम्मको १० प्रतिशत छुट पाउन सकिनेछ भने एनआइसी एसिया बैंकबाट भुक्तानी गर्दा १५०० रुपैयाँसम्मको १५ प्रतिशत छुट प्राप्त गर्नेछन्।
त्यस्तै, इसेवाबाट भुक्तानी गर्दा भने २५०० रुपैयाँसम्मको १०० प्रतिशत सम्मको क्यासब्याक कात्तिक १३ देखि १७ गते सम्मका ग्राहकले पाउने छन्।
हिमालय बैंकको डेबिट, क्रेडिट वा प्रिपेड कार्डबाट भुक्तानी गर्दा भने ५०० रुपैयाँसम्मको १५ प्रतिशत छुट प्राप्त हुनेछ।
त्यसैगरी, प्रभुपे वालेटबाट भुक्तानी गर्ने ग्राहकमध्ये १० जना भाग्यशाली विजेताले प्रभुपे वालेटमा १०१ रुपैयाँको टपअप हुनेछ भने एक जना भाग्यशाली विजेताले दुई जनाको लागि गोसाइँकुण्डमा हेलिकप्टर राइड गर्ने अवसर पाउने छन्।