आइएमईले ‘वर्ड टुर विथ साइग्रेस’ को आयोजना गर्ने भएको छ।
उक्त कार्यक्रम नेपालका सात वटै प्रदेशका मुख्यमुख्य शहरहरूमा कात्तिक २३ देखि मङ्सिर १७ (९ नोभेम्बर देखि ३ डिसेम्बर, २०२१ ) सम्म आयोजना हुन गइरहेको छ।
वल्र्ड भ्रमणमा साइग्रेसद्वारा श्रमका लागि विदेशमा गएका नेपाली कामदारहरुको संघर्षको कथा भनिनेछ। साथै रेमिटेन्स रकमको सही सदुपयोग र यसबाट प्राप्त हुने लाभका विषयलाई कथा मार्फत प्रस्तुती गरिनेछ।
कार्यक्रमको टिकेटिङ पार्टनर ‘आइएमई पे’ रहेको छ। आतिथ्य पार्टनर रोडहाउस क्याफे रहेको छ। साथै एडुकेसन पार्टनर टेक्सस् कलेज अफ म्यानेज्मेन्ट र आइटी रहेको छ।
मिडिया पार्टनर रुटिन अफ नेपाल बन्द हुने भएको छ।
उक्त कार्यक्रम आइएमई लिमिटेड र आइएमई पेका आधिकारिक सामाजिक सञ्जाल पेजहरूका अतिरिक्त साईग्रेसका अफिसियल पेजहरुबाट पनि प्रसारण हुनेछन्।
कार्यक्रम विवरण
क्रसं | स्थान | जिल्ला | मिति | समय | सम्पर्क नं |
१ | होटल रुबस | धनगढी | ९ नोभेम्बर २०२१ | दिउँसो २:३० बजे | ९८६८२२२०५५ |
२ | क्लब ग्राभिटी | पोखरा | २२ नोभेम्बर २०२१ | दिउँसो ४:०० बजे | ९८१९१४४३४७ |
३ | राष्ट्रिय नाच घर | काठमाण्डौं | ३ डिसेम्बर २०२१ | दिउँसो ३:३० बजे | ९८०१६४४४६२ |
४ | साई पार्टी प्यालेस | झापा | १३ नोभेम्बर २०२१ | दिउँसो ३:०० बजे | ९८१४०९९८०४ |
५ | डि कन्सेप्ट | बुटवल | २० नोभेम्बर २०२१ | दिउँसो २:३० बजे | ९८५७०८०२८८ |
६ | चितवन गार्डेन रिसोर्ट | चितवन | १९ नोभेम्बर २०२१ | दिउँसो २:३० बजे | ९८४५५२९५८२ |
७ | BPKIHS अडिटोरियम | धरान | १५ नोभेम्बर २०२१ | दिउँसो २:०० बजे | ९८६०९३४६५४ |