सर्वोत्तम सिमेन्टले सिन्धुपाल्चोक तथा काभ्रे जिल्लालाई केन्द्रित गर्दै उक्त जिल्लाका विभिन्न स्थानहरुमा भवन
निर्माण कार्यमा संलग्न सिनियर प्राविधिक (ठेकेदार) हरुलाई लक्षित भेटघाट कार्यक्रम सम्पन्न गरेको छ।
उक्त कार्यक्रममा कम्पनीका प्रोजेक्ट प्रमुख इ.अभिषेक झाले ओपिसि सिमेन्टको ४३ ग्रेड र ५३ ग्रेडबारे जानकारी गराए।
साथै, घर बनाउँदा सिमेन्ट र डण्डीको प्रयोग प्राविधिक रुपमा कसरी गर्दा भुकम्प प्रतिरोधात्मक हुन्छ भन्ने सम्बन्धमा समेत उनले प्रस्ट्याए।
कसरी प्रयोग गर्दा सिमेन्ट खपत कम हुन्छ भन्नेबारेमा तालिम समेत आयोजना गरिएको थियो।
कम्पनीका ब्राण्ड म्यानेजर गोपाल सारदाले सर्वाेत्तम सिमेन्ट अत्याधुनिक यूरोपियन भिआरएम प्रविधिमार्फत सिमेन्ट
उत्पादन गर्ने नेपालकै पहिलो सिमेन्ट उद्योग भएको दावी गरे।
आइएसओ ९००१ गुणस्तर प्रमाणित १४००१ वातावरण–मैत्री प्रमाणित र नेपाल गुणस्तर प्रमाणित भएको कम्पनीले ४३
ग्रेड र ५३ ग्रेडमा ग्रिन सर्वाेत्तम ओ.पि.सि र सौरभ ग्रिन पि.पि.सि नामक ब्राण्डका सिमेन्टहरु नेपालभर बिक्री÷वितरण गरिरहेको छ।
उद्योगले एक्स–रे डिफ्राक्सन मेशिनको प्रयोग गर्दै आएको छ।