नबिल बैंक र सहजबीच प्रदेश १ मा रहेका साना तथा मझौला कृषि उद्यमलाई वित्तीय प्रवर्द्धन एवं सुदृढीकरणका लागि सम्झौता भएको छ
बैंकले स्विस कन्ट्याक्ट (प्रमुख एजेन्सीको रूपमा) र वातावरणीय तथा कृषि नीति अनुसन्धान, विस्तार र विकास केन्द्रमार्फत कार्यान्वयन गरिएको स्विस एजेन्सी फर डेभलपमेन्ट एण्ड कोअपरेसन (एसडीसी) परियोजना सहजबीच कृषि क्षेत्रको सुदृढीकरण गर्न परियोजना तय गरिएको छ।
नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत, अनिल केशरी शाह र स्विस कन्ट्याक्ट नेपालका कन्ट्री डाइरेक्टर, सञ्जय कार्कीले एक कार्यक्रमका बीच सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।
बैंकका प्रमुख कार्यकारी अधिकृत शाहले नबिल बैंकले सदैब वित्तीय समावेशीकरणलाई प्राथमिकता दिदै आएको र कृषि क्षेत्रमा गरीने कर्जा प्रवाहले नेपालको अर्थतन्त्रको दिगो विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए।