‘साथी’ नामको सेनिटरी प्याड नेपाली बजारमा आएको छ। ‘साथी’ बजारमा आएसँगै नेपालमा अन्य मुलुकबाट आयात गरिएका सेनिटरी प्याडको ‘ब्राण्ड’ पनि नेपालमा ८४ पुगेको छ।
स्वास्थ्यका दृष्टिकोणले उपयुक्त मानिएको ‘साथी’ वैज्ञानिक तरिकाले उत्पादन गरिएको प्याड रहेको उत्पादकको दाबी छ।
यसअघि देशका मुख्य सहरमा मात्र पाइने यो प्याड अहिले पूर्वका बजारमा पनि सजिलै पाउन थालिएको उपभोक्ताले बताएका छन्।
सृजनशील महिला उद्यमी प्रालिले एक महिनाअघिदेखि मात्र प्याडको उत्पादन सुरू गरेको हो।
सृजनशील महिला उद्यमी प्रालिकी व्यवस्थापकीय प्रमुख प्रिया लामिछानेका अनुसार चार किसिमका सेनेटरी प्याड बजारमा आएको छ। यो प्याडलाई १० घण्टासम्म नियमित प्रयोग गर्न सकिने समेत उनले जानकारी दिइन्।
बजारमा पाइने विदेशी उत्पादनको तुलनामा यो सस्तो रहेको उनले बताइन्।