राष्ट्रिय युवा परिषद्,तिला गाउँपालिका जुम्ला र नबिल बैंकबीच त्रिपक्षीय समझदारी भएको छ।
युवा उद्यमशिलता तथा स्वरोजगार प्रवद्धन गरी युवालाई आत्मनिर्भर बनाउने उदेश्यका साथ समझदारी भएको बैंकले जानकारी दिएको हो।
समझदारीपछि गाउँपालिकाका स्थानिय युवाहरुमा उद्यमशीलता विकास गरिने उल्लेख गरिएको छ।
जसका लागि राष्ट्रिय युवा परिषद्को कार्यालय भक्तपुरमा राष्ट्रिय युवा परिषद्को तर्फबाट परिषद्का प्रशासकीय प्रमख डा.
बाबुराम ढुङ्गाना, तिला गाउँपालिकाका तर्फबाट गाउँपालिका अध्यक्ष रतन नाथ योगी र नबिल बैंकको तर्फबाट नबिल दिगो बैंकिङका प्रबन्धक लिला प्रसाद ओझाले समझदारी पत्रमा हस्ताक्षर गरे।