हिमालयन बैंकले भक्तपुर उपमहानगरपालिका, भिमसेनस्थान–७ स्थित सिद्धि स्मृति प्रतिष्ठान सिद्धिस्मृति महिला तथा बाल अस्पताल तथा बृद्धाश्रमलाई सहयोग गरेको छ।
आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले अस्पताल तथा बृद्धाश्रमलाई बाह्र हजार थान बहिरङ्ग दर्ता किताब प्रदान गरेको हो।
बैंकका तर्फबाट बैंकका सहायक महाप्रबन्धक विपिन हाडाले सहयोग सामग्री प्रतिष्ठानका प्रशासन प्रमुख अनिल राजभण्डारीलाई हस्तान्तरण गरे।
उक्त अस्पतालले विशेषतः बाल स्वास्थ्य, प्रसूति तथा स्त्रीरोग सम्बन्धी सेवा प्रदान गर्दै आएको छ। विभिन्न स्वदेशी तथा विदेशी दाताहरुको सहयोगमा संचालित उक्त प्रतिष्ठानले अस्पतालका साथै बृद्धाश्रम समेत संचालन गरिरहेको छ।