आइएमईले २०७८ का ठूला चाडपर्र्वलाई लक्षित गरी ल्याएको आइएमई डबलको डबल अफरका बम्पर विजेता सार्वजनिक गरेको छ।
‘लक्की ड्र’ मार्फत सार्वजनिक गरिएको नतिजाअनुसार आइएमई सेवाग्राही जीवेश दाहाल विजेता भएका हुन्।
आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल र ब्राण्ड एम्बासडर दीपकराज गिरी तथा दीपाश्री निरौलाले संयुक्त रूपमा
प्रविधिमा आधारित स्टार्ट बटन क्लिक गरी बम्पर विजेता छनोट गरेका हुन्।
दोलखाको वैतेश्वर गाउँपालिका वडा नं ३ मैनापोखरी निवासी दाहालले संयुक्त अरब इमिरेट्सबाट आइएमईमार्फत एक लाख ५६ हजार ५५८ घर पठाएका थिए।
पुरस्कारमा उनले पठाएको रकमको आठ गुणा बढी पाएका हुन्। दाहालले आफूले पाएको १२ लाख १२ हजार रुपैयाँ बाख्रा पालन विस्तारमा खर्च गर्ने बताए।
उनका परिवारले दोलखामा बाख्रा पालन गरिरहेका छन् ।
ग्रुपका अध्यक्ष ढकालले विगत २० वर्षदेखि आइएमईले विदेशमा नेपालीले आर्जन गरेको रकम सहज रुपमा घर पठाउने व्यवस्था गर्दै आएको बताए।
दैनिक उपभोगमा अधिक खर्च भएको विप्रेषणलाई कम गर्दै प्रतिफल दिने दीर्घकालीन परियोजनामा लगानी गर्न आवश्यक रहेको उनले औँल्याए।