नेपाल क्लियरिङ हाउस लिमिटेडले कार्यान्वयनले सुरु गरेको नेशनल पेमेन्ट स्वीचको पहिलो चरणको कार्यक्रमका लागि एनसीएचएल र २९ बैंक तथा वित्तिय संस्थाहरु बीच सम्झौता भएको छ।
बिहिबार आयोजिति एक कार्यक्रमबीच सम्झौता भएको हो।
एनसीएचएल तथा सम्बन्धित बैंक वित्तिय संस्थाका प्रतिनिधिहरुले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको प्रमुख आतिथ्यमा उक्त कार्यक्रममा सम्झौता पत्र आदानप्रदान गरेका हुन्।
कार्यक्रममा राष्ट्र बैंकका बरिष्ठ डेप्युटी गभर्नर डा. नीलम ढुङ्गाना, डेप्युटी गभर्नर बम बहादुर मिश्र, नेपाल बैंकर्स संघ, डेभलप्मेन्ट बैंकर्स संघ तथा नेपाल फाइनान्सियल इन्स्टिट्युसन संघका अध्यक्षहरु, नेपाल राष्ट्र बैंकका वरिष्ठ पदाधिकारीहरु लगायतको उपस्थिति थियो।
नेपाल सरकारको बजेट तथा मौद्रिक नीतीमा उल्लेख भएअनुसार नेशनल पेमेन्ट स्वीचको स्थापनाका लागि क्लियरिङ्ग हाउसलाई गत आर्थिक वर्ष स्वीकृति प्रदान गरिएको थियो। पहिलो चरण कार्यान्वयनका लागि भने गत कात्तिकमा स्वीकृति दिइएको थियो।
यो कार्यक्रम कार्यान्वयनका लागि १८ वाणिज्य, ५ विकास बैंक तथा छ वटा फाइनान्स कम्पनीहरु गरी जम्मा २८ बैक वित्तिय संस्थाहरुले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।