सरकारले आर्थिक वर्ष २०७७/०७८ मा ४२९ अर्ब २७ करोड रुपैयाँ राजश्व असुली गरेको छ।
आन्तरिक राजस्व विभागको लक्ष्य ४५० अर्ब ३४ करोड राजश्व असुली गर्ने रहेकोमा कोभिड–१९ महामारीका बाबजुद पनि ९५.३२ प्रतिशत प्रगति भएको आन्तरिक राजश्व विभागले जानकारी दिएको छ।
विभागको वार्षिक प्रतिवेदनका अनुसार समग्र राजश्व असुली २०७६/०७७ को तुलनामा ११.६४ प्रतिशतले बृद्धि भएको छ।
आव २०७७/०७८ मा व्यवसायिक स्थायी लेखा नम्बर (बी प्यान) तर्फ २ लाख ४५ हजार ५६१ करदातालाई करको दायरामा आएका छन्।
२०७८ असार मसान्तसम्ममा व्यवसायिक प्यान नम्बर लिएका करदाता संख्या १५ लाख ७७ हजार ३८३ पुगेको छ।
व्यक्तिगत प्यान नम्बरतर्फ कुल करदाता संख्या २४ लाख ७१ हजार ७२६ पुगेको छ। व्यवसायिक र व्यक्तिगत प्यान नम्बर लिएका करदाता संख्या कुल ४० लाख ४९ हजार १०९ पुगेको छ।
विभागले करदाताको इ–टिडिएस विवरण करदाता आफैँले भेरिफाइ गर्न सक्ने व्यवस्था मिलाएको छ। त्यस्तै इ पेमेन्ट,
अनलाइन पर्सनल प्यान रजिस्ट्रेशन लगायत व्यवस्था गरी कर भुक्तानी प्रणालीलाई एकिकृत गरिएको विभागले जानकारी दिएको छ।