जनताको मनमा असल नेता स्थापित गराएर मुलुकको नेतृत्वमा पुर्याउने योजनासहित मिडिया एकेडेमीले एक अभियान सुरु गरेको छ।
नेतृत्वको डिजिटलाइजेसन, प्रोफाइलिङ, भिडियो डकुमेन्टरी निर्माण, सोच र सपनाको प्रस्तुति, नेतृत्वको पूर्ण डकुमेन्टसन गर्ने सोचअनुरूप मिडिया एकेडेमीले अभयान सुरु गरेको हो।
एकेडेमीकाअनुसार यो प्रयासले मुलुकले असल नेतृत्व पाउने र सही विचार, सिद्धान्त, दृष्टिकोण बोकेका नेतालाई आम मानिसबीच परिचित हुन र अगाडि बढ्न सहज हुनेछ। यसले सम्भावना बोकेका नेतालाई उसको विचार सिद्धान्तकै आधारमा पार्टी र देशको नेतृत्वमा पुग्न मद्दत समेत गर्नेछ।
यस्ता महत्वपूर्ण परियोजनाको नेतृत्व हालसम्म कसैले पनि नलिनुले राजनीति र यसको क्षेत्र आम जनताको चासो र रुचिको बिषय बन्न्न नसकेको एकेडेमी बताउँछ।
यस अभियानले सबै विचार, सिद्धान्त, पार्टी, संगठन, नेतृत्व, युवा नेतृत्व, सम्भावना र सोच सहितको व्यक्तिहरूलाई मिडिया, दूरसञ्चार, नवप्रवर्तन प्रविधिको उच्चतम प्रयोगमार्फत लोकतान्त्रिक, न्यायोचित र वैज्ञानिक उपलब्धि प्राप्त गर्ने बताइएको छ।
यसले मत सर्वेक्षणको आधारमा कुन नेताको लोकप्रियता कति भन्ने जिज्ञासालाई सम्बोधन गर्नेछ। साथै जनताको मत र विचारलाई प्रमाणीकरण गरी पार्टीभित्र तथा बाहिरको वस्तुस्थितिको जानकारी गराउँदै नेतृत्वलाई सही गन्तब्यसम्म पुराउने कार्य गर्न सघाउने छ।
छनोट प्रक्रिया
लोकप्रिय नेतृत्वको छनोटका लागि सम्बन्धित व्यक्तिको पार्टी, राजनीतिक जीवन र सो पार्टीको केन्द्रीय समितिमा रहेको प्रामाणित तथ्यलाई प्रमुख आधार मानिएको छ। यसैगरी उनीहरुको वेबसाइट, मोबाइल एप, डिजिटल सफ्टवेयर, विकिपिडिया, जीवनवृत्त, सोच भिडियो, सोच आलेख, परियोजना प्रोफाइल, योगदान प्रोफाइल लगायतका आधारमा व्यक्तिगत विवरण संकलन गरी आम जनसमुदाय समक्ष लोकप्रियता मापनका लागि प्रस्तुत गरिएको छ।
नेता छनोट गर्दा राजनीतिमा लागेको अनुभवदेखि पढाइ, सार्वजनिक मञ्चमा दिएको अभिव्यक्ति, आचरण, आम मानिसविचको लोकप्रियता, सार्वजनिक व्यक्तित्वलगायत विषयलाई आधार बनाइने छ।
पहिलो चरणमा नेकपा एमालेको केन्द्रीय नेतृत्व ९१० औँ राष्ट्रिय महाधिवेशन आयोजक समिति० सदस्यहरूमध्ये कुन नेताको लोकप्रियता कति छ भनी पत्ता लगाउन आम जनसमुदायमा सार्वजनिक भोटिङका लागि आह्वान गरिने छ र एक सय जना नेता छानिने छन्।
दोस्रो चरणमा एक सयमध्येबाट उत्कृष्ट ५०, तेस्रो चरणमा ५० मध्येबाट उत्कृष्ट २५, चौथो चरण वा अन्तिम चरणमा २५ मध्येबाट उत्कृष्ट १० नेता छनोट हुनेछन्। भोटिङ संसारभरबाट गर्न सकिन्। मोबाइल एसएमएस र अनलाइन ९फेसबुक, ट्विटर, वेबसाइट० संस्करण गरी दुई प्रक्रियाबाट भोट गर्न सकिनेछ।
भोटिङको अङ्क विभाजन मोबाइल एसएमएस ५० प्रतिशत र अनलाइन (फेसबुक, ट्विटर, वेबसाइट) संस्करण ५० प्रतिशतमा गणना गरिनेछ। यी दुई माध्यमबाट प्राप्त मत सर्वेक्षणको कुल अंकको मतभारका आधारमा लोकप्रियता मापन हुनेछ र प्रत्येक चरणको सार्वजनिकीकरण सोही रातको १० बजे गरिनेछ।
यो विधि विकसित राष्ट्रहरूमा विगतदेखि नै अभ्यासमा छन्।