कतार सरकारले कोरोनामहामारीसंग जुध्न नेपाल सरकारलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ।
कतार फण्ड फर डेभलपमेन्टले ५० वटा भेन्टिलेटरसहित स्वास्थ्य सामग्री उपलब्ध गराएको हो।
टर्किस एयरलाइन्सबाट काठमाडौ पठाइएको भेन्टिलेटरसहित स्वास्थ्य सामग्री कतारी राजदुतावासका कन्सुलर नासर विन घानिम अल-घानिम अल-मादिदले स्वास्थ्य मन्त्रालयका सहसचिव डा पवनजंग रायमाझिमार्फत हस्तान्तरण गरेका हुन्।
स्वास्थ्य सामग्री हस्तान्तरण गर्ने क्रममा कन्सुलर नासर अल-मादिदले नेपाल र नेपालीले कतार र कतारीका लागि गरेको सहयोगका लागि धन्यबाद दिए। कतारले आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने उनले बताए।
यसअघि पनि कतार सरकारले नेपाललाई चार्टड फ्लाइटमार्फत स्वास्थ्य सामग्री पठाएको थियो। कोभ्याक्स कार्यक्रममार्फत कोरोना विरूद्दको खोप पनि उपलब्ध गराएको थियो।