काठमाडौंस्थित किङ्गस् कलेज र फिनल्यान्डको कजानी विश्वविद्यालयबीच सहकार्य भएको छ। नेपालमा शिक्षा अभ्यासको गुणस्तर बढाउने र विश्वव्यापी अध्ययन अभ्यास नेपालमा समेत भित्र्याउने उद्देश्यले यस्तो सहकार्य भएको हो।
सम्झौता पत्रमा किङ्गस् कलेजका अध्यक्ष नरोत्तम आर्याल र कजानी विश्वविद्यालयका अध्यक्ष मती सरेनले हस्ताक्षर गरेका हुन्।
सन् २०१८ को फन्डिङ इन्डिकेटरअनुसार फिनल्यान्डको कजानी विश्वविद्यालय एप्लाइड साइन्सको लागि सबैभन्दा उत्कृष्ट विद्यालयमध्ये पर्छ। किङ्गस् कलेजले जारी गरेको एक विज्ञप्तिमा उल्लेख गरेअनुसार यहाँ ३ हजार दुई सय भन्दा बढी विद्यार्थी छन् भने २५० बढी विशेषज्ञहरू छन्।
‘यस सहकार्यले ल्याएको संयुक्त शक्तिले हामीलाई सिक्न र विशेषज्ञ बन्न, नवीनतम विचार र प्रविधिको उपयोग गर्न र विद्यार्थीहरूको भविष्य बनाउन, उत्कृष्ट शैक्षिक परिवार निर्माण गर्न मद्दत गर्नेछ,ु कजानी विश्वविद्यालयका अध्यक्ष म्याटी सरेनले सम्झौता समारोहमा भने।
उक्त सहकार्यले नेपाली विलार्थीहरूमाझ फिनल्याण्डको शैक्षिक उत्कृष्टता, नवीन अभ्यासहरू, शैक्षिक आविष्कारहरू, र प्राविधिक विकासबारे नेपाली विद्यार्थीहरूमाझ परिचय गराउन मद्दत पुर्याउने जारी विज्ञप्तिमा उल्लेख छ।
समारोहमा किंग्स कलेजका अध्यक्षले आफ्नो संस्थानले प्रगतिशील शिक्षाको माध्यमबाट उद्यमशीलताको भावनालाई बढावा दिएर समाज परिवर्तन गर्ने परिकल्पना गरेको टिप्पणी गरे भने कजानी विश्वविद्यालयले जीवन्त अन्तर्राष्ट्रिय शिक्षा र विकास समुदायलाई पूरा गर्दछ र त्यसमा दृढ विश्वास राखेको छ। योसँगै किङ्गस कलेजले
संयुक्त अनुसन्धान र प्रकाशन, विद्यार्थी र संकाय आदानप्रदान, शिक्षक विकास कार्यक्रम, संयुक्त पाठ्यक्रमहरूको विकासलगायतलाई प्राथमिकतामा राख्नेछ।
किङ्गस कलेजले हाल अन्तर्राष्ट्रियस्तरको बिबिए, बिएसआइटी र एमबिएमा जस्ता पाठ्यक्रमहरू सञ्चालन गर्दै आएको छ।