नेशनल पेमेन्ट स्वीचअन्तर्गत रिटेल पेमेन्ट स्वीचको कार्यान्वयनलाई थप सहज बनाउन नेपाल क्लियरिङ क्लियरिङ हाउसले कनेक्टआइपिएस प्रणालीको कारोबार शुल्कमा परिवर्तन गरेको छ। परिवर्तन भएको शुल्क २०७८ यहि मंसिर ७ गतेदेखि लागू भएको छ।
नयाँ कारोबार शुल्क अनुसार बैंक/वित्तिय संस्था तथा भुक्तानी सेवा प्रदायकहरुका ग्राहकले अब कारोबार रकमअनुसार दुई रुपैयाँदेखि आठ रुपैयाँसम्मको प्रतिकारोबार शुल्कमा भुक्तानी गर्न सक्नेछन्।
पाँच सय रुपैयाँसम्मको भुक्तानीमा प्रतिकारोबार शुल्क दुई रुपैयाँ, पाँच सयभन्दा माथि पाँच हजार रुपैयाँसम्म प्रतिकारोबार चार रुपैयाँ र पाँच हजारभन्दा माथिको भुक्तानी रकममा कारोबार शुल्क आठ रुपैयाँ लागू हुने भएको हो।
यसले ग्राहकहरुलाई एनसिएचएल, कनेक्टआईपीएस वेब÷मोबाईल एप, बैंक/वित्तिय संस्थाका मोबाईल/इन्टरनेट बैंकिङ्ग
वालेटमा फण्ड लोड/विड्र लगायत भुक्तानी गर्न थप सहज हुने विश्वास गरिएको छ। कनेक्टआईपिएसबाट सरकारी राजस्व भुक्तानीमा भने पहिले नै प्रतिकारोबार शुल्क दुईदेखि पाँच रुपैयाँसम्म कायम गरिएको छ।
नेपाल राष्ट्र बैंकको मार्गनिर्देशन बमोजिम डिजिटल भुक्तानीको थप प्रवद्र्घनका लागि एनसिएचएलले समय–समयमा कारोबार शुल्क परिवर्तन गर्ने गरेको छ।
हालै नेपाल राष्ट्र बैंकबाट बैंक÷वित्तिय संस्थाको मोबाईल बैंकिङ्गमा कारोबर शुल्क रु १० देखि अधिकतम रु ३० सम्म तोकिएको थियो।