'इन्फी किताब कार्निवल २०७८' आयोजना गरिएको छ।
पठन संस्कृतिको मर्मलाई मध्यनजर गर्दै नेपाली अनलाइन किनमेल साइट इन्फी स्टोरले 'इन्फी किताब कार्निवल २०७८' अभियान मंसिर १५ गतेदेखि सुरू गरेको हो।
अभियानद्वारा पढ्ने बानीको महत्वलाई प्रचारप्रसार गर्ने तथा प्रत्येक पाठकलाई आफ्नो पठन यात्रा सुरू गर्न प्रोत्साहन गरिने कम्पनीले बताएको छ।
यो उपलक्ष्यमा इन्फीले एक लाखभन्दा बढी किताब सुपथ मूल्यसहित ८० प्रतिशत छुटसम्म उपलब्ध गराउने बताएको छ।
इन्फी स्टोरले सबै प्रकारका पुस्तक सबैको पहुँचमा पुर्याउने आयोजना गरेको यो अभियान मंसिर १५ गते देखि १४ दिनसम्म चल्नेछ।
सुपथ मूल्य र ८० प्रतिशतसम्मको छुटसँगै ग्राहकले हरेक दिन विभिन्न उपहार पनि जित्ने मौका पाउनेछन्।
त्यसैगरी किताब खरिद गर्दा प्रभु पे, खल्ती र सनराइज बैकंको कार्ड प्रयोग गर्दा ग्राहकले क्यासब्याक पनि प्राप्त गर्नेछन्।
'हाम्रो पहिलो किताब कार्निवल २०७७ को सफलतापश्चात् हाम्रा ग्राहकबाट आएको समर्थन र मायाले हामीलाई यो दोस्रो अभियानको लागि पनि प्रेरित गरेको छ। यसपालिको किताब कार्निवलको लागि हामी धेरै उत्साहित छौं', कम्पनीले बताएको छ।