डाबर नेपाल, तालकोल्ला सामुदायिक वन प्रयोगकर्ता समूह (सिएफयूजी) र आइसिआइएमओडीबीच त्रिपक्षीय सम्झौता भएको छ।
पेमा ग्याम्त्सो, प्रबन्ध निर्देशक आइसिआइएमओडी र हरकीरत सिंह बेदी, बिजिनेस प्रमुख, डाबर (नेपाल र म्यानमार) ले सम्झौता पत्रमा हस्ताक्षर गरे।
बसन्त राज श्रेष्ठ, निर्देशक रणनीतिक सहयोग, आइसिआइएमओडी र अरविन्द राना, प्रमुख–मेडिसिनल प्लान्ट, डाबर नेपाल उक्त अवसरमा उपस्थित थिए।
यसको उद्देश्य नेपालको बैतडी जिल्लामा बहुपक्षीय साझेदारीको सदुपयोग गरी वन र आर्थिक उत्पादकत्व बढाएर जीविकोपार्जन र संरक्षणको परीणाम हासिल गर्नु रहेको छ।
भौगोलिक र हावापानीका हिसाबले बैतडी जिल्लामा टिमुर खेतीको राम्रो सम्भावना छ। यही सम्भाव्यताको आधारमा ती तीन संस्थाले बैतडी डिभिजन वन कार्यालयको सहयोगमा पाँच वर्षको अवधिमा २५ हजार टिमुरको बिरुवा रोप्न सहकार्य गर्दैछ।
यस सार्वजनिक–निजी–सामुदायिक साझेदारीले इकोसिस्टम पुनस्र्थापना, जीविकोपार्जनका विकल्पहरुलाई बढावा दिने र यस क्षेत्रमा दिगो विकासलाई प्रोत्साहन गर्ने विश्वास लिइएको छ।