सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले धाप ड्यामको अवलोकन तथा निरीक्षण गरेकी छन्। मन्त्रालयका सचिव, उपसचिव, आयोजना प्रमुख र सरोकारवाला टिम सहित उनले भ्रमण गरेकी हुन्।
एसियाली विकास बैँकको सहयोगमा निर्माणाधीन धाप ड्यामको लागत ४५ करोड छ।
त्यसैगरी, यो ड्यामबाट प्रतिसेकेन्ड ४० लिटर पानी उत्पादन गर्न सकिने बाग्मति सभ्यता एकीकृत विकास अधिकार सम्पन्न समितिका अध्यक्ष उद्धव तिल्सिनाले जानकारी दिए। उक्त योजना आगामी २ महिनाभित्र सम्पन्न भएर सञ्चालनमा आउने उनको भनाइ छ। त्यसैगरी, मन्त्री झाँक्रीले नाग्मती ड्यामको पनि अवलोकन गरेकी छन्।
१० अर्बको अनुमानित लागत लागेर बन्ने उक्त परियोजना बनाउन आफूहरु सकारात्मक भएको मन्त्री झाँक्रीले बताइन्। साथै उक्त परियोजना निर्माणका क्रममा देखिएका समस्या समाधानका लागि मन्त्रालय जिम्मेवार रहने उनको भनाइ थियो।