विनिमय कम्पनी वेस्टर्न् युनियनले दसैं, तिहार र छठ लक्षित क्यासउत्सव योजनाको विजेता घोषणा गरेको छ।
मंसिर १० गते शुक्रबार आयोजित कार्यक्रममा लक्की ड्रमार्फत मस्तिका नेपाली बि.क.विजेता घोषित भएकी हुन्।
उनले वेस्टर्न् युनियनको नेपालमा रहेका ७ वटा मुख्य एजेन्टमध्ये नबिल बैँकको सब–एजेन्ट मुक्तिनाथ विकास बैँकबाट कारोबार गरेकी थिइन्।
उनलाई नबिल बैंकको गण्डकी प्रदेश प्रमुखसुर्य बहादुर रोका र मुक्तिनाथ विकास बैंकको गण्डकी प्रदेश प्रमुख शंकर के.सिले संयुक्त रुपमा ५ लाखको चेक हस्तान्तरण गरेका थिए।
दसैं, तिहार र छठलाई लक्षित गरी यो योजना असोज १ देखि कार्तिक २५ सम्म लागु गरिएको थियो। योजनामा ८ हप्तासम्म हरेक हप्ता ५ भाग्यशाली विजेताहरुले २० हजार पनि जितिसकेका छन्।
नेपालमा रहेका वेस्टर्न युनियनका ७ वटा मुख्य एजेन्ट– ए.टि.टि रेमिट, सिजी फिन्को, हुलास रेमिटान्स, माया रेमिट, नबिल बैंक, डिजिटेक र सूर्य रेमिट वा यिनका सब– एजेन्ट मार्फत रकम प्राप्त गरेका नेपाली ग्राहकलाई यो योजनामा सहभागी गराइएको थियो।