नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले कार्यान्वयन शुरु गरेको नेशनल पेमेन्ट स्वीचको पहिलो चरणमा एनसिएचएल र फोकसवान पेमेन्ट सोलुसन्स प्रालिबीच सम्झौता भएको छ। आज सम्झौतापत्रमा हस्ताक्षर भएको हो।
सम्झौतापत्रमा फोकसवान पेमेन्ट सोलुसन्सका तर्फबाट प्रमुखकार्यकारी अधिकृत प्रणय राजभण्डारी तथा एनसिएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका हुन्।
सम्झौतासँगै फोकसवान पेमेन्ट सोलुसन्स, नेशनल पेमेन्ट स्वीचमा जोडिने पहिलो भुक्तानी सेवाप्रदायक बनेको छ। नेशनल पेमेन्ट स्वीचअन्तर्गत पहिलो चरणमा उपलब्धहुने विभिन्न सेवा तथा उपकरणहरु फोकसवानले प्रयोग गर्नुका साथै अन्य विभिन्न बैंक वित्तिय संस्थालाई पनि उपलब्ध गराउने छ।
नेपाल सरकारको बजेट तथा मौदि«क नीतिमा समेत उल्लेख भएअनुसार नेशनल पेमेन्ट स्वीचको स्थापनाको लागि एनसिएचएललाई नेपाल राष्ट्र बैकले पहिलो चरण कार्यान्वयनको लागि अन्तिम स्वीकृति दिइसकेको छ।
एनसिएचएलले पहिलो चरणसंग सम्बन्धीत कामहरु पूरा गरी संचालनको तयारीमा रहेको जानकारी दिएको छ।