सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले साना व्यवसायीलाई पनि समेटेर अघि बढ्न नेपाल निर्माण व्यवसायी महासंघलाई सुझाव दिएकी छिन्।
१४औँ निर्माण दिवस को प्रभातफेरि कार्यक्रममा मन्त्री झाँक्रीले साना व्यवसायीलाई अवसर दिएर अघि बढाउनुपर्ने बताएकी हुन्।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री झाँक्रीले भनिन्, ‘साना व्यवसायीलाई व्यवसायमा समस्या भए मर्ज गरेर अघि बढ्नुस्, त्यसो भए व्यवसाय गर्न सजिलो हुन्छ।’
कार्यक्रमको दशरथ रंगशालाबाट उद्घाटन भएको थियो। निर्माण व्यवसायीको कार्यालयमा आएर रक्तदान समेत आयोजना गरिएको थियो। साथै व्यवसायीले आफ्नो क्षेत्रका समस्या सम्बोधन गर्न सरकारसँग आग्रह समेत गरेका थिए।