सातै प्रदेशमा टिभिएस रेडर सप्तरंग–३ हुने भएको छ। सोमबार राजधानीमा आयोजित कार्यक्रममा आयोजक गृष्मा ब्रोर्डकास्टिङले सप्तरंग–३ हुने जानकारी गराएको हो।
गृष्मा ब्रोर्डकास्टिङले आयोजना गर्न लागेको ‘सप्तरंग’ ले सातै प्रदेशमा जोडिएर कलाकारको सहकार्यमा सचेतना फैलाउने बताइएको छ।
सातै प्रदेशमा रहेका जनतालाई, जनताद्वारा, जनताको निम्ति भन्ने भनाईलाई जनमानसमा कलामार्फत प्रष्ट्याउनु नै ‘सप्तरंग’ को मूल आशय हो। कला संस्कृतिलाई उजागर गर्दै २४ मङ्सिरदेखी काँकडभिट्टाबाट सुरु हुने ‘सप्तरंग–३’ पुस ९ गते पोखरामा गएर अन्त्य हुने छ।
काँकडभिट्टा लगत्तै मङ्सिर २६ मा जनकपुर, २८ मा चितवन, पुस १ मा नेपालगन्ज, ३ मा सुर्खेत, ५ मा धनगढी र पुस ९ मा पोखरा पुगेर समापन हुनेछ।
‘सप्तरंग–३’ मा अभिनेता राजेश हमाल गायक बद्री पङ्गेनी, प्रमोद खरेल, रामकृष्ण ढकाल,अनिल सिंह हास्य कलाकार सन्दीप छेत्री, राजा राजेन्द्र पोखरेल गायिका मिलन नेवार र अस्मिता अधिकारी तथा मोडेल उषा उप्रेती जस्ता कलाकारहरू सहभागी छन्।
यो पटक फेरि टिभिएस मुख्य प्रायोजकको रुपमा आबद्ध छ। केहि साताअघि मात्र नेपाली बजारमा लञ्च गरिएको टिभिएस रेडर अब सातै प्रदेशमा सार्वजनिक गरिने भएको छ।