सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले मिडिया सेल्फ रेगुलेट हुनुपर्ने बताएकी छिन्।
वोष्टर मिडियाको नवौँ वार्षिकोत्सव कार्यक्रममा मन्त्री झाँक्रीले सरकारले कानून बनाएर मिडियालाई संकुचन गर्नुभन्दा पनि मिडिया स्वतः नियमन हुनुपर्ने बताए।
उनले भनिन् ‘मिडिया आफैँ नियमन हुनुपर्छ, तर अनाधिकृत रुपमा कसैको चरित्रहत्या गर्नेलाई भने कारबाहीको दायरामा ल्याउनैपर्छ।’
पछिल्लो समय मिडियाको क्षेत्रमा देखिएको विकृतिलाई लक्षित गर्दै उनले कसैका विरुद्ध प्रायोजित समाचार नबनाउन पनि आग्रह गरिन्। समाचार विचार मिश्रित नभएर तथ्य मिश्रित हुनुपर्नेमा उनको जोड छ।