शरद विक्रम राणाद्धारा लिखित ‘नेपालको अन्तर्राष्ट्रिय ब्यापारः इतिहासदेखि वर्तमानसम्म चुनौती र अवसरहरु नामक पुस्तक बजारमा आएको छ।
उद्योग वाण्ज्यि क्षेत्रमा झण्डै तीन दशक विताएका राणाले आफ्नो अध्ययन, सेवा अनुभव र विज्ञताको आधारमा सो पुस्तक बजारमा ल्याएका हुन्।
नेपाल चेम्बर अफ कमर्स निर्यात प्रर्वद्धन समितिका सल्लाहकार समेत रहेका राणाको पुस्तकको चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले विमोचन गरे।
पुस्तकमा नेपालको अन्तराष्ट्रिय व्यापारको इतिहास, व्यापार घाटाको चुनौती, समाधानको उपायहरु समावेश गरिएको छ। विभिन्न चार खण्डमा विभाजन गरिएको पुस्तकको पहिलो खण्डमा नेपालको वैदेशिक व्यापारको पुष्ठभूमी, दोस्रो खण्डमा दक्षिण एसियाली मुलुकमा नेपालको अवस्था, मुलुकको अन्तराष्ट्रिय व्यापारको अवस्था समावेश गरिएको राणाले जानकारी दिए।
यस्तै तेस्रो खण्डमा कृषि जन्य वस्तुहरुको आयत निर्यातको अवस्था, अन्तर्राष्ट्रिय व्यापारमादेखा परेका चुनौती तथा समाधानको उपायहरु पनि पुस्तकमा समावेश गरिएको छ।
पुस्तकको अन्तिम खण्डमा आयात प्रतिस्थापनका सम्भावनाहरु, विप्रेषण आप्रवाहको थप सम्भावना, सहजीकरणका उपाय तथा मुलुकमा उपलव्ध कच्चा पदार्थमा आधारित निर्यातमुललक लघु, घरेलु तथा साना उद्योगहरुको उत्पादनदेखि निर्यातसम्मका चुनौतीहरुबारे पुस्तकमा उल्लेख गरिएको छ।
सरकारी र निजी क्षेत्रमा कार्यरत सरोकारवाला निकाय, नीति निर्माता तथा आर्थिक पत्रकारिता गर्नेलाई सो पुस्तक फलदायी हुने अपेक्षा लेखक राणाले राखेका छन्।
पुस्तकको विमोचन गर्दै चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले नीति निर्माणकर्ताका लागि पुस्तक निकै प्रभावकारी हुने बताए।