मंगलम् इन्डस्ट्रिजले देशको विभिन्न ठाउँँमा प्लम्बर टेक्निसियनस भेटघाट कार्यक्रम सम्पन्न गरेको छ। नेपालगन्जबाट सुरु भएको यो प्लम्बर टेक्निसियनस भेटघाट कार्यक्रम मङ्सिर महिनाभरि इटहरी, पोखरा र काठमाडौंमा आयोजना भएको थियो।
अहिलेसम्म कार्यक्रममा लगभग एक हजार प्लम्बरहरुको सहभागिता रहेको आयोजक मंगलम् इन्डस्ट्रिजले बताएको छ।
पाइपिङ उद्योगमा सकृय प्लम्बरहरुलाई एक–अर्कासँग भेटघाट गराउने, सूचना आदान–प्रदान गर्ने र प्लम्बरहरुबीचको आपसी सम्बन्धलाई प्रगाढ बनाउने उद्देश्यले यो कार्यक्रमको आयोजना गरिएको आयोजक मंगलम इन्डस्ट्रिजले बताएको छ।
कार्यक्रममा मंगलम् इन्डस्ट्रिजको बारेमा बिस्तृत जानकारी प्रस्तुतसहित नयाँँ योजना तथा अफरहरुको बारेमा पनि जानकारी गराइएको थियो।
उक्त कार्यक्रममा हाजिरीजवाफ, नृत्य, लक्की ड्र, उपहार वितरण लगायत अन्य मनोरन्जनात्मक क्रियाकलापहरु पनि समावेश गरिएको थियो। साथै कम्पनीको नयाँँ उत्पादन रेन प्रोको बारेमा पनि जानकारी दिइएको थियो। रेन प्रो बर्खा यामको पानी संकलन र निस्कासनको लागि प्रयोग हुने पाइप हो।
आउँदोे महिनाहरुमा देशका अन्य शहरहरुमा पनि यस्तो कार्यक्रम सन्चालन गर्ने योजना रहेको आयोजकले बताएको छ।