सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले बीमा र धितोपत्र बोर्डले नेपालको अर्थतन्त्रमा टेवा पुर्याएको बताएकी छिन्।
सोमबार बीमा समितिको नयाँ भवनको शिलान्यास कार्यक्रममा बोल्दै उनले अर्थतन्त्र सुधारमा यी दुई क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताएकी हुन्।
‘हामीले पहिलेदेखि भन्दै आएको विषय हो नियमनकारी निकायको कामका लागि सबैभन्दा पहिले घर, सुरक्षा र अनुगमनको लागि जडित संयन्त्र चाहिन्छ, संयोगले अहिले त्यो बन्ने भएको छ’, मन्त्री झाँक्रीले भनिन् ‘हामीले सुविधासम्पन्न र गुणस्तरयुक्त भवन निर्माण गर्ने प्रतिबद्धता गरेका छौँ, त्यो पुरा हुन्छ।’
उनले नियमनकारी निकायले राम्रो वातावरणमा काम गर्न पाए मात्रै सोचेको नतिजा प्राप्त हुने भन्दै समयमै भवन निर्माणको काम सकाउन निर्देशन दिइन्।