सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले थिचोमिचोमा परेका नागरिकहरु पनि सम्मानित हिसाबले बाँच्न पाउनुपर्ने बताएकी छिन्।
१३औँ राष्ट्रिय मानव अधिकार महाभेलाले मंगलबार आयोजना गरेको कार्यक्रममा उनले सबै नागरिक मान्छे भएर बाँच्न पाउनुपर्नेमा जोड दिइन्।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भनिन् ‘मान्छे मान्छे भएर बाँच्न पाउनुपर्छ कोही पनि दास छैनन्।’ उनले थिचोमिचोमा परेका र हकहितबाट वञ्चित भएका नागरिकको अधिकार सुनश्चित गराउन महत्वपूर्ण भूमिका खेल्ने समे बताइन्।
कार्यक्रममा मानवअधिकार राष्ट्रिय भेलाको घोषणा पत्र २०२१ पनि जारी गरिएको छ।